काठमाण्डौ । कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भईरहेको छ।यसअघि पहिलो चरणको अभियान गत माघ १४ गतेदेखि सुरु भएको थियो ।
आजदेखि देशभरका ६५ वर्ष माथि उमेर समूहकालाई खोप लगाइने छ । शुभारम्भ भने प्रधानमन्त्री केपी शर्मा ओली आफैंले लगाएर गर्न लागेका छन् ।
यसअघि दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई खोप दिने घोषणा गरिए पनि खोपको मात्रा अपुग हुने भएपछि ६५ वर्षमाथिकालाई मात्रै खोप दिन लागिएको हो । हिमाली जिल्लाहरुमा भने ५५ वर्ष माथिका सबैलाई खोप लगाइने छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान सन्चालनका लागि ६ हजार खोप केन्द्र स्थापना गरिएको छ । नेपाल सरकारले भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिँदै आएको छ ।
प्रतिक्रिया