जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जकी मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा बधाई दिएका छन् ।
एसिड आक्रमणमा घाइते भई यस विरूद्धको अभियानमा सक्रिय मुस्कानले यस विरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा मुख्यमन्त्री राउतले बधाई दिएका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक विज्ञप्ती जारी गर्दै मुस्कानलाई बधाई दिनुका साथै नेपालस्थित अमेरिकी मिसन र अमेरिका सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।
मुख्यमन्त्री राउतले भनेका छन्,’उक्त पुरस्कारका लागि प्रदेश २ को छोरी मुस्कानलाई चयन गरेकोमा नेपालस्थित अमेरिकी मिसन र अमेरिका सरकारमा प्रदेश सरकारको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु ।’
प्रतिक्रिया