ताजा समाचार


दशरथ युवा कमिटीले तिन दिवसीय महाशिवरात्री पर्व धुमधामका साथ मनाउँदै

द रियल समाचार     २०७७ फाल्गुन २२, शनिबार, २२: १० मा प्रकाशित




जनकपुरधाम । सामाजिक तथा धार्मिक क्षेत्रमा निरन्तर क्रियाशिल रहँदै आएको दशरथ युवा कमिटीले जनकपुरधाम–८ स्थित सन्त तुलसी दास पार्कमा यसवर्ष पनि महाशिवरात्री पर्व धुमधामका साथ मनाउन लागेको छ ।

२०६६ सालदेखि प्रत्येक वर्ष मनाउँदै आएको महाशिवरात्री पर्व यसवर्ष पनि भव्यताका साथ मनाउन लागिएको कमिटीका अध्यक्ष लवकुमार झाले जानकारी दिए ।

कमिटीले यसवर्ष पनि तीन दिवसीय महाशिवरात्री पुजनोत्सव आयोजना गर्ने उनले बताए । अध्यक्ष झाले फागुन २५ गते मंगलबार बिहान ७ बजेदेखि बृहत सरसफाइ, फागुन २७ गते बिहिबार बिहान ८ बजे दशरथ तलाउको डिलमा बृक्षारोपन, सोही दिन बिहान १० बजे कलश यात्रा, दिउँसो २ बजे प्रसाद वित्तरण, सन्ध्या ६ बजे ५ हजार १ सय दीप प्रज्वलन र राती ८ बजेदेखि पूजा सुरु हुने जानकारी दिए ।

त्यस्तै फागुन २८ गते शुक्रबार बिहान १० बजेदेखि विशेष प्रसाद वित्तरण र ४ बजे मूर्ति विसर्जन गरिने उनले बताए । महाशिवरात्रीको अवसरमा साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने भएको छ ।

अध्यक्ष झाले महाशिवरात्री महोत्सवको शुभ अवसरमा पूर्ववत पार्थिव मूर्ति पूजन भव्यताका साथ आयोजना हुन गईरहेकोले सम्पूर्ण जनकपुरधामवासीलाई पूजामा स–परिवार सहभागी भईदिन आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top