ताजा समाचार


भारती दयालको चित्रकलालाई चोरी गर्ने सुनैनाको जब पोल खुल्यो…..!

द रियल समाचार     २०७७ फाल्गुन २२, शनिबार, १९: २६ मा प्रकाशित




जनकपुरधाम । जनकपुर साहित्य महोत्सवको आयोजना स्थल अगाडी लगाइएको एकल मिथिला चित्रकला प्रदर्शनीले नराम्रो प्रभाव छोडेको पाइएको छ ।

आफूलाई मिथिला चित्रकार भनेर चिनाउने सुनैना ठाकुरले अन्य कलाकारको मनमोहक मिथिला चित्रकलालाई आफ्नो चित्रकला रहेको दावी गरेपछि यसले गलत छाप छोडेको हो ।

जनकपुर साहित्य महोत्सव चलिरहेको स्थलको ठीक सामुन्ने सुनैना ठाकुरले एकल मिथिला चित्रकला प्रदर्शनी लगाएकी थिइन् । जहाँ महोत्सवमा सहभागी हुुन आएका अधिकांश अतिथिहरु त्यो प्रदर्शनी देखेर मोहित भए । तर त्यहाँ लगाइएका मिथिला चित्रकला सुनैनाले बनाएको चित्रकला नभई एक भारतीय महिला चित्रकारले बनाएको चित्रकला रहेको प्रमाणित भएको छ ।

सुनैनाले भारतकी मिथिला चित्रकार भारती दयालले बनाएकोे चित्रकलालाई चोरेर सो तस्वीरमा आफ्नो नाम राखेको पाइएपछि जनकपुरमा उनको कडा आलोचना भएको छ । भारती दयाल भारतको प्रसिद्ध मिथिला चित्रकार हुन् । उनी यसकालागि नेशनल अवार्डबाट समेत पुरस्कृत भईसकेकी छन् । उनी समेत आफ्नो चित्र चोरी भएको देखेर दुःखी भएकी हुन् । उनले सो तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै वास्तविक कलाकारको सम्मान गर्न आग्रह गरेकी छन् ।

यसअघि पनि सुनैनाको यस्ता व्यवहारका कारण उनी कयौँपटक आलोचित समे भईसकेकी छन् । एक मिथिला चित्रकलाका पारखीले सुनैनाले मधुवनीबाटै चित्रकला चोरेर आफ्नो व्यवसाय चलाउँदै आईरहेको आरोप लगाएका छन् । यति मात्र नभई मधुवनीबाट सस्तो मूल्यमा तस्वीर किनेर जनकपुर ल्याई ग्राहकबाट चर्को मूल्य असुल्ने गरेको समेत पाइएको दुःखेसो उनले पोखे ।

असलमा मिथिला चित्रकारहरुको प्रचार हुन नसकेकै कारण नक्कली कलाकारहरु मिथिला चित्रकला चोरेर त्यसलाई ठगी धन्दा बनाएको कतिपयको आरोप छ । यसले मिथिला चित्रकलाको गरिमामाथी समेत आँच पुगिरहेको उनीहरुको भनाई छ । सुनैनाले आफू मिथिला चित्रकलाको प्रवद्र्धन एवं प्रदर्शन गरिरहेको दाबीलाई यस प्रकारको चोरीले झुठो सावित गरेको छ ।

ज्ञातव्य होस, जनकपुरधाम–१२ स्थित लथालिङ्ग अवस्थामा रहेको नारी विकास केन्द्रको प्रवद्र्धनतर्फ प्रदेश सरकारले कुनै चासो नदिइ सुनैनाले जानकी मन्दिरमा सञ्चालन गरेको उनको व्यक्तिगत आर्ट ग्यालरीलाई लाखौं रकम प्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top