ताजा समाचार


नारीलाई आजको सिता बन्नुपर्छ : नेता गिरी

द रियल समाचार     २०७७ फाल्गुन २२, शनिबार, १८: ०८ मा प्रकाशित




जनकपुरधाम । नेपाली काँग्रेसका नेता प्रदीप गिरीले आजको सीता बन्न नारीहरुसँग आग्रह गरेका छन् । पछिल्लो समय सीता बन्ने कि नबन्ने विषयमा चौतर्फि बहस चलिरहेको समयमा नेता गिरीले नारीलाई आजको सीता बन्नुपर्ने आवश्यकता रहेको बताए ।

जनकपुरधाममा जारी जनकपुर साहित्य महोत्सवको चौथो दिनको ‘सीता विमर्ष’ सत्रमा बोल्दै नेता गिरीले रामायणको पात्र सीता क्रान्तिकारी र स्वभीमानी चरित्रको रहेकोले सबै नारीलाई सीता बन्नुपर्ने धारणा राखे ।

उनले भने,‘सीता साहस र धैर्यको बिचमा आत्मसम्मानको अदभूत मूर्ति हुन्, सीताको वास्तविक चरित्रलाई लुकाइएका कारण सीता बन्ने कि नबन्ने वहस चलिरहेको छ । म त सबै नारीलाई सीता बन्न आग्रह गर्छु तर हिजोको सीता नभई आजको सीता बन्नु पर्दछ ।’

केही साता अगाडी राजधानीमा सपना सञ्जिवनीले ‘हम सीता नै बनब’ शिर्षकमा कविता वाचन गरेपछि उनको सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो । तर जनकपुर साहित्य महोत्सवको तेस्रो दिनको ‘वैदेहीहरु’ नामक सत्रमा पत्रकार मनिका झाले ‘म सीता बन्छु’ भनेपछि नारीहरु बिच सीता बन्ने कि नबन्ने वहस चर्किएको छ ।

नेता गिरीले भने,‘आजको युगमा सीता बन्नु सहज नरहेको भन्दै तत्कालिन समयमा सीताले समाज विकासका लागि देखाएको त्याग र तपस्या अनुकरणीय रहेको बताए । यद्यपि रामायणका केही दृश्यलाई मात्रै टेकेर सीता र रामको सम्पूर्ण चरित्रको वर्णन गर्नु अन्यायपूर्ण हुन्छ ।’
यहाँ सीताका लाजवन्ती स्वरुपलाई मात्रै किन दर्शाइन्छ, किन उनको क्रान्तिकारी छवि लुकाइन्छ यो वहसको विषय हो,उनले भने,‘सीताको साहसिक र वास्तविक चरित्र लुकाइएका कारण सम्पूर्ण नारी जगतमा सीता बन्ने कि नबन्ने वहस चलिरहेको छ ।’

उनले रामायणका नारी पात्रलाई वर्णन गर्दै सीतालाई तत्कालिन समयका सर्वश्रेष्ठ नारीको रुपमा प्रस्तुत गरे । जुन दिन सीताको चरित्रलाई सम्झिन सक्यौँ त्यो दिन सम्पूर्ण नारी जगत ‘म को हुँ’ भन्ने प्रश्नको जवाफ सहजै पाउनसक्ने उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीमाथी कटाक्ष गर्दे नेता गिरीले भने, ‘यहाँ कसैले हिन्दी बोले भने त्यो अपराध हुन्छ तर अयोध्या फेरि यहीँ ल्याएर राख्ने अरे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top