ताजा समाचार


सवारी दुर्घटनामा घाइते एक चालकको प्रदेश प्रमुख अहिराजले गरे उद्धार

द रियल समाचार     २०७७ फाल्गुन २२, शनिबार, १६: ३४ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ ले सवारी दुर्घटनामा घाइते भएका एक चालकको उद्धार गरेका छन् ।

कर्णाली प्रदेशको सुर्खेत जिल्लाअन्तर्गत छिन्चु भन्ने ठाउँमा सवारी दुर्घटनामा परी घाइते भएका मिनिट्रकका चालकलाई प्रदेश प्रमुख अहिराजले अस्पताल पुर्याएका हुन् ।

झाले आफ्नो पदीय हैसियतभन्दा मानवीयतालाई ख्याल गर्दै घाइतेको उद्धार गरेका हुन् । सुरक्षाका हिसाबले प्रदेश प्रमुखको प्रोटोकल महत्वपूर्ण मानिन्छ । तर उनी सो सुरक्षा प्रोटोकल तोड्दै उद्धारमा खटेको देखिए । छिन्चु सडकखण्डमा आज अपरान्ह मिनिट्रक र बा ५ ख ४२०४ नम्बरको सवारीसाधन एकआपसमा ठोक्किँदा मिनिट्रक पल्टिएको थियो । मिनिट्रकका चालक शेरबहादुर सिंह घाइते भएका थिए ।

कर्णाली प्रदेश भ्रमणको क्रममा रहेका प्रदेश प्रमुख डा.अहिराजले दुर्घटनामा घाइते भएको देखेर सिंहलाई आफ्नै गाडीमा राखी बाँके जिल्लाको कोहलपुर मेडिक कलेज दशबिघामा भर्ना गराएका हुन् । घाइते सिंहको टाउको, दाहिने पाखुरा र शरीरको अन्य भागमासमेत चोटपटक लागेको छ । प्रदेश प्रमुख डा.अहिराजले सबै प्रदेशका प्रमुखहरुसँग भेटघाट पश्चात जनकपुरधामतर्फ फर्किँदै थिए ।

यसअघि जनकपुरबाट जीतपुर जाने क्रममा निजगढ जंगलमा सवारी दुर्घटनामा परेर छटपटाइरहेका ४ जना सर्वसाधारणको उद्धार गरी अहिराजले अस्पताल पुर्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top