ताजा समाचार


कोरोनाविरुद्धको खोप लगाउने प्रक्रिया नरोकिने : अर्थमन्त्री पौडेल

द रियल समाचार     २०७७ फाल्गुन २२, शनिबार, १५: ०९ मा प्रकाशित




काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाविरुद्धको खोप लगाउने प्रक्रिया नरोकिने बताएका छन् ।

शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कारोनाविरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकी अगाडि बढाउने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय संस्था तथा उद्योगहरुको मनोबललाई उठाएर अगाडि बढाउन महत्वपूर्व काम गरेको जिकिर गरे । उनले सबै लक्षित समुदायमा खोप पुर्याइने बताए ।

उनले भने,‘हामी भ्याक्सिन प्रदान गर्ने प्रक्रियालाई नरोकीकन अगाडि बढाउँछौ । सबै लक्षित समुदायमा भ्याक्सिन पुर्याउछौँ । सबैलाई हामी प्राथमिकताको आधारमा क्रमशः भ्याक्सिन उपलब्ध गराउछौं ।’

पौडेलले सरकारले उत्पादनमूलक उद्योग र होटल पर्यटन क्षेत्रका लागि पनि विद्युतको डिमान्ड शुल्क छुट दिने निर्णय गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top