काठमाण्डौ । कोरोनाविरुद्धको ३ लाख ४८ हजार डोज खोप भोली नेपाल आइपुग्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोभ्याक्समार्फत भोली उक्त परिमाणको खोप काठमाण्डौ आइपुग्ने जानकारी दिए ।
युनिसेफ र विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले कोभ्याक्समार्फत आउने कुल २२ लाख डोज खोपमध्ये ३ लाख ४८ हजार डोज खोप आउन लागेको बताए ।
चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै आउने उनले बताए ।
प्रतिक्रिया