ताजा समाचार


ओली समूहको संसदीय दलको बैठक बस्दै

द रियल समाचार     २०७७ फाल्गुन २२, शनिबार, ११: ३३ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युष्टि पार्टी ओली समूहको संसदीय दलको बैठक आज बस्न लागेको छ ।

प्रधानमन्त्री ओली समूहका सांसदहरुको बैठक बालुवाटारमा बस्ने भएको छ ।

शुक्रबार दाहाल–नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । उक्त समूहले आफ्ना पक्षमा १११ सांसद रहेको दाबी गरेको छ ।

दुबै समूहले ससंदीय दलमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएको छ । यसैबीच, प्रधानमन्त्री ओलीले नेकपा उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई शनिबार बस्ने आफ्नो समूहको संसदीय दलको बैठकमा आउन आग्रह गरेका छन् ।

भैंसेपाटीस्थित गौतम निवास पुगेका प्रधानमन्त्री ओलीले शनिबार बस्ने संसदीय दलको बैठकमा आउन आग्रह गरेका हुन् । नेकपा विभाजनमा गौतम कुनै समूहमा पनि लागेका छैनन् । उनी पार्टी एकताको अभियान चलाइरहेका छन् ।

नेकपा संसदीय दलका नेताको चयनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सांसदको मत लिनुपर्छ । नेकपामा प्रतिनिधिसभामा १७२ (१ जना सभामुख र निधन भएका सांसदसहित १७४) सांसद छन् । राष्ट्रिय सभामा ४९ (अध्यक्षसहित ५०) सस्दय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top