जनकपुरधाम । महोत्तरीमा छोरीमाथि जबर्जस्ती करणीको प्रयास गर्ने एक पिता पक्राउ परेका छन् ।
जिल्लाको बर्दिबासस्थित खयरमारामा आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा एक पिता पक्राउ परेका हुन् ।
घरमा श्रीमति नभएको मौकाछोपी ३८ वर्षीय एक पिताले १३ वर्षीया छोरीलाई जबर्जस्ती करणीको प्रयास गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
आरोपी सो पुरुषमाथि जबर्जस्ती करणी उद्योगमा उजुरी पश्चात अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरिक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थप गरी घटना सम्बन्धमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रतिक्रिया