एजेन्सी । न्यूजिल्याण्डमा आज बिहान ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्प पछि लगातार तीन वटा शक्तिशाली धक्का समेत गएको बताइएको छ ।
तीन धक्कामध्ये एउटा ७ दशमलब ४ र अर्को ७ दशमलब २ म्याग्निच्युडका थिए । जिस्बन सहरबाट करिब १ सय ७८ किलोमिटरको दूरीमा पर्ने जमिनको भागलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का गएको थियो ।
भूकम्पपछि सुनामीको खतरा रहेको भन्दै समुद्री किनार नजिकैका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान भनिएको छ । समुद्री किनारका हजारौँ मानिसहरु सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् । भूकम्पको १२ घण्टापछि सुनामिको चेतावनी दिइएको हो ।
भूकम्पले गर्दा कतिपय स्थानमा भौतिक संरचनामा क्षति पुगेको छ । विशेषगरी उत्तरी क्षेत्रका टापुहरुको तटीय क्षेत्रमा सुनामीको सम्भावना बढी रहेको भन्दै पूर्वतयारी समेत गरिएको छ । समुद्रको केही भागमा भने भूकम्पका कारण पानीको सतह बढेको बताइएको छ ।
प्रतिक्रिया