जनकपुरधाम । नयाँ मिटर जडान गर्नेक्रममा सेवाग्राहीसँग घुस मागेको भन्दै नेपाल विद्युत प्राधिकरण धनुषा नोलाइटका सुपरभाइजरसहित ४ जनाविरूद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्राधिकरणको सखुवा वितरण केन्द्र अन्तर्गत ढल्केवर धनुषा नोलाइटका सुपरभाइजर जगतनारायण साह, इलेक्ट्रिसियन यमकुमार महतो, प्राविधिक नवलकिशोर राउत र मनोहर कुमारविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार उनीहरूले नयाँ मिटर जडान गर्नेक्रममा सेवाग्राहीसँग घुस मागेका थिए । उनले भने,‘घुस मागेको सूचनाको आधारमा अख्तियार बर्दिबासबाट टोली खटेको थियो ।उनीहरूलाई टोलीले ५ हजार घुससहित समातेको हो ।’
अनुसन्धानबाट पुष्टि भएपछि उनीहरूविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको र अख्तियारले उनीहरूमाथि बिगो कायम हुने गरी सजायको माग दाबी गरेको बताइएको छ ।
प्रतिक्रिया