काठमाण्डौ । नेपाल सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।
शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित हस्ताक्षर कार्यक्रममा नेपाल सरकार र विप्लव नेतृत्वको नेकपा पार्टीका वार्ता टोलीका सदस्यहरुले ३ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव एउटै मञ्चमा देखिएका छन् ।
प्रतिक्रिया