ताजा समाचार


सब ओभरसियर ५० हजार घुससहित पक्राउ

द रियल समाचार     २०७७ फाल्गुन २१, शुक्रबार, १५: ३५ मा प्रकाशित




हेटौंडा । बागमती प्रदेश पर्यटन विकास आयोजनाका सब ओभरसियर नेत्र लामिछाने ५० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा आयोजनाको कार्यालयमै उनलाई पक्राउ गरिएको हो ।

आर्थिक वर्ष ०७५÷०७६ मा धादिङमा पर्यटन विकाससम्बन्धी काम गर्दा ठेकेदार कम्पनीले राखेको धरौटी वापतको रकम फिर्ता माग गरेको थियो ।

उनलाई सोही रकम फिर्ता पाउन ५० हजार घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top