एजेन्सी । तेजाब आक्रमणमा परेकी मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्यूओसी) पुरस्कार पाउन लागेकी छन् ।
अमेरिकी दूतावासले तेजाब आक्रमणविरुद्ध निरन्तर सक्रिय रहेकी खातुनलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
नेपालस्थित अमेरिकी मिसनले खातुनलाई तेजाब आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यका लागि प्रतिष्ठित पुरस्कार प्रदान गरिने सार्वजनिक गरेको हो । खातुनलाई फागुन २४ गते सोमबार राति सम्मान गरिने दूतावासले जनाएको छ ।
खातुनलाई अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमका बीच उक्त पुरस्कार मुस्कान सहितका विजेताहरूलाई प्रदान गर्ने दूतावासले जनाएको छ ।
अहिले १५औँ वर्षमा रहेको आइडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दै आएको छ ।
प्रतिक्रिया