ताजा समाचार


तस्कर र प्रहरीबिच गोली हानाहान, एक तस्करको मृत्यु

द रियल समाचार     २०७७ फाल्गुन २०, बिहीबार, २२: ५५ मा प्रकाशित




कञ्चनपुर । कञ्चनपुरमा भारतीय तस्कर समूह र प्रहरीबिच गोली हानाहान भएको छ ।

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर-७ मा भारतीय तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको हो ।

लागुऔषधसहित नेपाल प्रवेश गरिरहेका भारतीय तस्कर र प्रहरीबीच बेलौरी नगरपालिका टेडुवा सीमा क्षेत्रमा बिहीबार साँझ गोली हानाहान भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट गएको टोलीमाथि भारतीय तस्करले गोली चलाएपछि प्रहरीले जवाफी कारबाहीस्वरुप गोली चलाएको जनाइएको छ ।

प्रहरीको टोली सीमा क्षेत्रमा पुग्दा भारतीय तस्करले गोली चलाएको र जवाफी कारबाहीमा एक भारतीय तस्करको गोली लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए ।

मृत्यु हुनेमा पिलिभित जिल्लाको हजारा थाना गुदान ४ बस्ने २६ वर्षीय गोबिन्दा सिंह रहेको प्रहरी प्रवक्ता थापाले बताए । अन्य तस्करहरु भने फरार भएको र दोहोरो गोली हानाहानमा नेपाल प्रहरीतर्फ एकजना घाइते भएको उनले बताए ।

प्रहरी प्रवक्ता थापाका अनुसार भारतीय तस्करले नेपालमा लागुऔषध ल्याउन लागेको सूचना पाएपछि त्यसतर्फ नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो। प्रहरीले घटना स्थलबाट लागुऔषधसहित नक्कली नोट बनाउने मेसिनसमेत बरामद गरेको जनाएको छ ।

-तस्बिर : सांकेतिक 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top