काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह निर्वाचन आयोग पुगेको छ । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन आफूहरु निर्वाचन आयोग पुगेको नेताहरुले बताए ।
नेताहरु राजेन्द्र पाण्डे र लीलामणि पोखरेल निर्वाचन आयोग पुगेका छन् । पार्टीको आधिकारिकता दावी गर्दै दिएको पत्रबारे छिटो निर्णय गर्न दबाब दिने र दाहाल–नेपाल समूहको केन्द्रिय कमिटी बैठकले गरेको निर्णयबारे जानकारी गराउन उनीहरु आयोग पुगेका हुन् ।
दाहाल–नेपाल समूहका नेताहरु देव गुरुङ र पम्फा भुसाल भने सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न सिंहदरबारस्थित संसद सचिवालय गएका छन् ।
दाहाल–नेपाल समूहले गरेको संसदीय दलको बैठकको निर्णय जानकारी गराउन उनीहरु सभामुखसमक्ष गएका हुन् ।
प्रतिक्रिया