सर्लाही । ८ किलो लागुऔषध गाँजासहित सर्लाहीबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–३ का २८ वर्षीय रामआश्रय यादव र १९ वर्षीय चन्दन महतो रहेका छन् ।
प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा लालबन्दी नगरपालिका–१३ पानी टयाङ्कीस्थित लखनदेही खोला नजिकबाट उनीहरुलाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
प्रदेश २–०२–००१ प ९८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुमध्ये रामआश्रयले बोकेको झोलाबाट ५ किलो र चन्दनले बोकेको झोलाबाट ३ किलो गाँजा बरामद भएको डीएसपी कुँवरले बताए ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
प्रतिक्रिया