ताजा समाचार


पूर्वप्रधानन्यायाधीश सिंहको निधनको शोकमा आज देशभरका अदालत बन्द

द रियल समाचार     २०७७ फाल्गुन २०, बिहीबार, १३: ०३ मा प्रकाशित




जनकपुरधाम । पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा आज देशभरका अदालतहरुमा बिदा दिइएको छ ।

पूर्वप्रधानन्यायाधीश सिंहको असामयिक निधनबाट न्याय र कानूनको क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै सर्वोच्च अदालतले एकदिनका लागि देशभरका सबै जिल्ला अदालत, उच्च अदालतहरु बन्द गर्ने निर्णय गरेको हो ।

सिंहको निधनको शोकमा आज एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिइएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । उनको निधनले देशले एउटा सच्चा न्यायप्रेमी गुमाएको सर्वोच्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वप्रधानन्यायाधीश सिंहको यही फागुन १८ गते साँझ निधन भएको थियो । सर्लाहीमा १९८८ साल फागुन ३ गते जन्मिएका सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरी २०५२ साल असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त भएका थिए ।

उनले २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए । संविधान र कानुनका क्षेत्रमा दख्खल राख्ने निर्भिक, अत्यन्त मिलनसार स्वभावका स्व.सिंह न्याय र कानूनका क्षेत्रमा आदर्श व्यक्तित्व थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top