एजेन्सी । भारतको आगरास्थित ताजमहलमा बम रहेको हल्ला एकाएक फैलिएपछि केही समय हंगामा मच्चियो ।
भारतीय टेलिभिजन जी न्यूजले दिएको खबर अनुसार आकस्मिक हेल्पलाइन नम्बर ११२ मा कसैैले फोन गरेर ताजमहलमा बम राखेको सूचना दिएको थियो ।
सो सूचना पछि तत्काल त्यहाँका पर्यटकहरूलाई निकाली भित्र छिर्ने गेट बन्द गरिएको थियो । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी सर्च अभियान चलाइयो । बम राखिएको हल्ला मिथ्या भएको पाइएको जी न्यूजले जनाएको छ ।
सर्च अभियानपछि पुनः ताजमहलका ढोकाहरू खोलिएको छ । कसैले फर्जी जानकारी दिएर कल गरेको प्रहरीले पुष्टि गरेको छ ।
कल गर्ने व्यक्तिको हालसम्म पहिचान नभएको र खोजी जारी रहेको अगरा प्रहरीलाई उद्धृत गर्दै जी न्यूजले खबर दिएको छ ।
प्रतिक्रिया