ताजा समाचार


नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै

द रियल समाचार     २०७७ फाल्गुन २०, बिहीबार, १२: ०१ मा प्रकाशित




काठमाण्डौ । फागुन २३ गते बस्न लागेको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्न लागेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउँसो ३ बजे बैठक बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पूर्वपदाधिकारीहरु पनि सहभागी हुने पौडेलले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन् । सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटनको निर्णय असंवैधानिक ठहर गरेको थियो ।

सर्वोच्चले १३ दिनभित्र संसद बैठक आह्वान गर्न निर्देशन दिएअनुसार २३ गते अपराह्न ४ बजे संसद बैठक बस्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top