एजेन्सी । म्यानमारमा प्रजातन्त्रको पक्षमा भइरहेको प्रदर्शनमा प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग भएको छ । हिजोमात्र सेना तथा प्रहरीको गोली लागेर ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
बुधबारको प्रदर्शनमा सेनाले सत्ता कब्जामा लिए पछिकै सबैभन्दा बढी बल प्रयोग भएको र ३८ जनाको निधन भएको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ । राष्ट्रसंघले विवरण सार्वजनिक गरेसँगै बिहीबार अझ शसक्त प्रदर्शन गर्ने तयारी भएको छ ।
प्रदर्शनकारीहरुले आज अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने तयारी गरेका छन् । गत फेब्रुअरी १ मा सेनाले शासन सत्ता हातमा लिएपछि म्यानमारमा अहिलेसम्म ५० भन्दा बढी सर्वसाधरणको ज्यान गइसकेको छ ।
सेनाले चुनावमा धाँधली गरेर नेतृ आङ सान सुकीको पार्टीले बहुमत ल्याएको भन्दै सेनाले उक्त चुनावी नतिजालाई रद्द गर्दै सुकीसहितको नेतृत्वलाई नजरबन्दमा राखेर सत्ता आफ्नो हातमा लिएको थियो ।
सेनाले ‘कू’ गरेर शासन हत्याएपछि एक वर्षका लागि संकटकाल लगाएको छ । सेनाको उक्त कदमहरूको विरोधमा आमनागरिक सडकमा उत्रिएका छन् ।
प्रतिक्रिया