एजेन्सी । विश्व सम्पदा सूचीमा सुकिकृत भारतको ताजमहलमा बम रहेको हल्ला पछी खाली गराइएको छ ।
ताजमहलमा बम राखिएको सूचना पाए लगत्तै त्यसको ५ सय मिटर वरपरको क्षेत्र खाली गराइएको हो । बम रहेको खबर पाएपछी त्यहाँ पुगेका पर्यटकहरुलाइ बाहिर निकालिए पनि उनीहरुमा डर र त्रासको महोल रहेको भारतीय सञ्चार माध्यम जिन्यूजले जनाएको छ ।
जिन्यूजले जनाएअनुसार कसैले ११२ नम्बरमा फोन गरेपछि त्यहाँ सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ । अहिले ताजमहलमा आगरा पूलिसले बमको खोजी गरेको छ । यद्यपि बम अहिले सम्म फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया