ताजा समाचार


यातायात व्यवस्था कार्यालय जनकपुरबाट १५ जना बिचौलिया पक्राउ

द रियल समाचार     २०७७ फाल्गुन १९, बुधबार, २०: ०१ मा प्रकाशित




जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरबाट १५ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा श्याम सुन्दर यादव, गौरीशंकर नायक, योगेन्द्र कुमार यादव, अरीफ राईन, भवीद्दुन साह, संजय साह, उमेश कुमार महतो, ध्रमेन्द्र कुमार यादव लगायत १५ जना रहेका छन् ।

उनीहरुलाई बुधबार दिउँसो यातायात व्यवस्था कार्यालयको परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । उनले सर्वसाधारणसँग पैसा लिएर काम गराइदिने विचौलियाहरुलाई पक्राउ गरिएको बताए ।

पक्राउ परेका सबैलाई हिरासतमा राखि थप अनुसन्धान गर्न लागिएको धनुषा प्रहरीले जनाएको छ । केहिदिन अघि मात्र सो कार्यालयका एक कार्यालय सहयोगी र एकजना बिचौलिया घुस रकमसहित अख्तियारको फन्दामा परेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top