ताजा समाचार


१ सय ६५ सांसदले लगाए कोरोनाविरुद्धको खोप

द रियल समाचार     २०७७ फाल्गुन १९, बुधबार, १९: ४२ मा प्रकाशित




काठमाण्डौ । संसद् बैठक आह्वान भएसँगै प्रतिनिधिसभाका एकसय ६५ जना सांसदको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।संसद् सचिवालयका अनुसार २३ गते बस्ने भनिएको प्रतिनिधिसभा बैठकका लागि सांसदहरुलाई खोप लगाइएको हो ।

संसद् सचिवालयका अनुसार एकसय ६५ सांसदसहित अन्य कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी लगायत ४८२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

निजामति कर्मचारी अस्पतालमा उनीहरुलाई खोप लगाइएको हो । बुधबार बिहानै नेपा प्रचण्ड–माधम समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले पनि कोरोना विरुद्धको खोप लगाएका छन् ।

सिभिल अस्पतालमा सभामुख अग्निप्रसाद सापकोटासँगै अध्यक्षद्वयले खोप लगाएका हुन् । यस्तै नेकपा संसदीय दलका पूर्वप्रमुख सचेतक देव गुरुङले पनि खोप लगाएका छन् ।

त्यसपछि फागुन २१ गते शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी तथा बुधबार र बिहीबार खोप लगाउन छुटेकालाई खोप लगाइने संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top