ताजा समाचार


मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल फेरि २ हप्ता पछि धकेलियो

द रियल समाचार     २०७७ फाल्गुन १९, बुधबार, १५: ०८ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल फेरि २ हप्ता पछि धकेलिएको छ ।

यसअघि फागुन २० गते बिहीबारका लागि बोलाइएको संसद् बैठक बुधबार सूचना प्रकाशित गरि सरेको जानकारी दिइएको छ । संसद्मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने संकेत बलियो हुँदै गएपछि प्रदेशसभा बैठक नै नबस्ने वातावरण बनाइएको छ ।

अविश्वास प्रस्ताव छल्न पटक–पटक बैठक आह्वान गरिँदै सार्दै गरिएको हो । बिहीबारका लागि बोलाइएको बैठक स्थगित गर्दै पुनः चैत्र २ गते सोमबारका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

हिउँदे अधिवेशनको चौथो बैठक बस्न नसकेपछि प्रदेश सभामा प्रस्तुत गरिएका विभिन्न विधेयकहरुमाथि पनि छलफल गर्न सकिएको छैन । ‘बिहीबारका दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठक विशेष कारणले चैत्र २ गते दिउँसो साढे १२ बजेका लागि बोलाइएको हो,’ प्रदेश सचिवालयले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने भएपछि विभिन्न बहानामा प्रदेशसभा बैठक सारिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top