ताजा समाचार


दाहाल–नेपाल समूहद्वारा नेम्वाङसहित ७ जना नेतामाथि कारबाही

द रियल समाचार     २०७७ फाल्गुन १९, बुधबार, १४: ५६ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले अर्को समूह अर्थात ओली समूहमा सक्रिय रहेका ७ जना नेताहरुलाई कारबाही गरेको छ ।

‘आजको बैठकले पार्टी गतिविधिविपरीत काम गरेकाले सुवास नेम्वाङ, विशाल भट्टराई, निरु पाल, शान्ता चौधरी र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, महेश बस्नेत, प्रभु साह र कर्णबहादुर थापालगायतलाई पार्टीबाट निष्काशन गरिएको छ’, बैठकपछि बाहिरिँदै पत्रकारहरुसँग नेता वर्षमान पुनले भने ।

त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय गरिएको उनले बताए । पार्टी हित विपरीत गतिविधि गरेकाले उनीहरुलाई कारबाही गरिएको दाहाल–नेपाल समूहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top