ताजा समाचार


राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशले पनि कोरोनाविरुद्धको खोप लगाउने

द रियल समाचार     २०७७ फाल्गुन १९, बुधबार, १३: १० मा प्रकाशित




काठमाण्डौ । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशले पनि कोरोना विरुद्धको खोप लगाउने भएका छन् ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले राष्ट्रपति, उपराष्ट्रपति लगायतका उच्चपदस्थ अधिकारीहरुले फागुन २३ गते कोरोनाविरुद्धको खोप लगाउने जानकारी दिएका हुन् ।

सांसदहरुले भने बुधबारबाटै यो खोप लगाउन सुरु गरेका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर सांसदहरुले खोप लगाउन थालेका हुन् ।

फागुन २३ गते प्रतिनिधिसभा बैठक बस्ने भएकाले त्यसअगावै कोरोनाविरुद्धको खोप लगाउन संसद सचिवालयले प्रबन्ध मिलाएको थियो ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशलाई भने उनीहरुकै कार्यालयमा पुगेर खोप लगाइने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top