काठमाण्डौ । जनता समाजवादी पार्टी नेपाल निकट पत्रकार संगठनको समायोजन सम्पन्न भएको छ ।
तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर बनेको जसपा निकट पत्रकार संगठनको नाम प्रेस मञ्च नेपाल राखिएको हो । जसमा १७१ सदस्यीय कार्यसमिति रहने भएको छ भने ४१ सदस्यीय कार्यकारिणी सदस्य र ३१ सदस्यीय पदाधिकारी रहने दुवै पक्षमा सहमति भएको छ ।
तत्कालिन समाजवादी पार्टीका पत्रकार संगठनले अध्यक्ष र कोषाध्यक्षसहित १६ जना पदाधिकारी पाएको छ भने तत्कालिन राजपा नेपालका पत्रकार संगठनले महासचिवसहित १५ जना पदाधिकारी पाएको छ ।
प्रेस मञ्चको अध्यक्ष केशव अर्याल रहने टुंगो लागेको छ भने अन्य पदाधिकारीहरूको बारेमा दुवै संगठनको छुट्टा छुट्टै छलफल भइरहेको छ । नेपाल पत्रकार महासंघको आसन्न चुनावलाई लक्षित गर्दै जसपा नेपालले पत्रकारहरुको संगठनलाई समायोजन गरी संगठित गर्न लागेको हो ।
प्रेस मञ्चको संगठन प्रदेश २ मा बलियो रहेको छ । अन्य प्रदेशमा त्यस्तो खासै संगठन नदेखिए पनि केन्द्रमा बन्ने परिवर्तनकारी शक्तिको प्यानलसँग मिलेर देशैभरि उम्मेदवारी दिने प्रेस मञ्च नेपालले जनाएको छ । त्यसका लागि उनीहरुले प्रेस युनियन, प्रेस संगठन (प्रचण्ड–माधव समूह) सँग छलफल गर्ने भएका छन् ।
प्रतिक्रिया