ताजा समाचार


सिंहदरबारभित्र शहरी विकास मन्त्रालयमा एक महिलाद्वारा विष सेवनको प्रयास

द रियल समाचार     २०७७ फाल्गुन १९, बुधबार, १२: ३५ मा प्रकाशित




काठमाण्डौ । शहरी विकासमन्त्री प्रभु साहकै अगाडि एकजना महिलाले विष सेवनको प्रयास गरेकी छिन् ।

विष सेवन प्रयासको घटना अन्त कतै नभएर सिंहदरबारभित्र शहरी विकास मन्त्रालयमा भएको हो ।

मन्त्री साहको सामुन्ने महिलाले विष सेवनको प्रयास गरेको घटना जनआस्थाले प्रकाशित गरेको छ । महिलालाई रोक्न शहरी विकास मन्त्रालयका सचिव रमेश सिंह समेत लागेका थिए ।

महिलाले तँ नै भनेर मन्त्रीलाई हप्काएकी थिइन् । साहले पैसा खाएको आरोप लगाउँदै फर्काउन भन्दै गालीगलौज गरेकी थिइन् । महिलाले मेटासिडको बिर्को समेत खोल्न खोज्दा रोकिएको थियो ।

जनआस्थाका अनुसार महिलाको लिएको रकम नतिरेपछि लफडा परेको छ । ती महिला हुन् दिपा कुँवर । उनले कुनैबेला डा.बाबुराम भट्टराईसँग तस्बिर खिच्दा भाइरल भएको थियो । मन्त्री साहले दिपासँग स्थानीय निर्वाचनमा चुनाव खर्चका लागि भन्दै ३० लाख रुपैयाँ लिएका थिए ।

दिपाको छोरालाई अष्ट्रेलिया पठाइदिने र कुरा मिलाउने सहमति भएको थियो । तर, त्यो पनि भएन । दिपाले साथीको घर बैंकमा धीतो राखेर रकम सापटी लिएको समाचारमा उल्लेख छ ।

तर, ३० लाख प्रभु साहले लगेपछि फिर्ता नआउँदा तिर्न नसकेर घर लिलामीमा सूचना निस्किसकेको छ । त्यसपछि दिपा रकम फिर्ता गर्न दौडधूपमा छिन् । तर, उनले सो रकम फिर्ता नपाएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top