ताजा समाचार


काँग्रेसले शुक्रबार बोलायो संसदीय दलको बैठक

द रियल समाचार     २०७७ फाल्गुन १९, बुधबार, १२: २१ मा प्रकाशित




काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले फागुन २१ गतेका लागि संसदीय दलको बैठक बोलाएको छ ।

शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । २३ गते बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

काँग्रेस सांसद ज्ञानेन्द्र कार्कीका अनुसार बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्नेछन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पहिलो पटक बस्न लागेको बैठकलाई चासोका साथ हेरिएको छ ।

पुनःस्थापित प्रतिनिधिसभामा नयाँ सरकार निर्माणको गृहकार्य हुने भएकाले काँग्रेस संसदीय दलको बैठकलाई पनि महत्वका साथ हेरिएको छ । सत्ता सहकार्यका लागि नेकपा ओली र दाहाल–नेपाल दुबै समूहले काँग्रेससँग संवाद जारी राखेको छ ।

नेकपा विभाजनको लफडा नटुङ्गिएसम्म आफूहरुले कुनै निर्णय नलिने नेपाली काँग्रेसका नेताहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top