ताजा समाचार


सरकार र विप्लव समूहबीचको पहिलो औपचारिक वार्ता सम्पन्न

द रियल समाचार     २०७७ फाल्गुन १९, बुधबार, १२: १० मा प्रकाशित




काठमाण्डौ । सरकार र विप्लव समूहबीचको पहिलो औपचारिक वार्ता सम्पन्न भएको छ ।

दुबैपक्षको वार्ता टोलीबीच आज विहान पहिलो चरणको वार्ता भएको हो । स्रोतले दिएको जानकारी अनुसार आजको वार्ता सकिएको र उनीहरु फेरि बस्ने गरी उठेका छन् ।

वार्ता स्थान भने गोप्य राखिएको छ । विप्लव समूहको वार्ता टोली मंगलबार नै काठमाडौँ आइपुगेका थियो । सरकारसँग वार्ता गर्न विप्लव समूहले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने दीपकलाई अघि सारेको छ ।

सरकारी पक्षको वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई छन् । केपी ओली नेतृत्वको सरकारले अपराधिक समूह ठहर गर्दै २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।

त्यसको २ वर्षपछि अहिले सरकार आफैले मुलधारको राजनीतिमा यो समूहलाई पनि ल्याउन पहल थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top