जनकपुरधाम । आजबाट जनकपुरधाममा सुरु हुन लागेको जनकपुर साहित्य महोत्सव विवादमा तानिएको छ ।
साहित्य महोत्सवको विभिन्न प्यानलमा महिला वक्ता नभएको र अधिकांश पुरुषको मात्र उपस्थिति रहेको भन्दै महोत्सव विवादमा तानिएको हो ।
कार्यक्रमका एक वक्ता हरि शर्माले आफ्नो प्यानलमा महिला वक्ता नभएको भन्दै यसलाई बहिष्कार गर्ने घोषणा गरेका छन् ।
सोही ट्विटलाई रिट्विट गर्दै सेतोपाटीका प्रधानसम्पादक अमित ढकालले पनि आफूले मोडरेसन गर्ने भनिएको उक्त सेसन नगर्ने जनाएका छन् ।
प्रतिक्रिया