काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई उपचार गराएर मंगलबार नेपाल फर्केका छन् ।
स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी दिल्ली गएका उनी उपचार पूरा भएपछि आज अपरान्ह काठमाडौं आएका हुन् । न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएका थिए ।
बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकालेका छन् । तर, दुई/तीन महिनामै ट्युमरलाई शल्यक्रिया गरी फाल्न चिकित्सकले सुझाव दिएका छन् । तत्कालै शल्यक्रिया नभए क्यान्सरको खतरा हुने चिकित्सकको सुझाव छ ।
डा.भट्टराई फागुन ९ गते नयाँ दिल्ली गएका थिए ।
प्रतिक्रिया