जनकपुरधाम । जानकी मेडिकल कलेजको सहकार्यमा नेपाली सेनाले सिरहाको नरहा गाउँपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिब १ हजार स्थानीयवासी लाभान्वित भएका छन् ।
महाशिवरात्रि एवं सेना दिवसको अवसरमा जनता वनवाली उच्च माध्यमिक विद्यालय बर्छवामा सञ्चालन गरिएको शिविरबाट ५ सय ८२ महिला र ३ सय ७९ पुरुषगरि कुल ९ सय ६१ जनाले स्वास्थ्य उपचार सेवा लिएका हुन् ।
जानकी मेडिकल कलेजको सहकार्यमा नेपाली सेनाको २७ नम्बर बाहिनी र बहादुर शेर गण २७ नम्बर फिल्ड गुल्म आयोजक रहेको शिविरमा ३८ जनाको इसिजी, ४४ जनाको अल्ट्रासाउण्ड र ९२ जनाको मधुमेह (सुगर) परीक्षण गरिएको जानकी मेडिकल कलेजका प्रबन्ध निर्देशक श्रीप्रष्र्ट पाण्डेले जानकारी दिए ।
उक्त शिविरमा जिल्ला स्वास्थ्य कार्यालय, जनता वनवाली उच्च माध्यमिक विद्यालय, सगरमाथा आँखा अस्पताल र जानकी मेडिकल कलेज धनुषाले सहयोग पु¥याएका थिए । शिविरमा ४ सय १२ जनाको विस्तृत स्वास्थ्य परीक्षण, १ सय ८६ जनालाई बालरोग र ८८ जनालाई स्त्रीरोग तथा ४० जनालाई इएनटीसेवा उपलब्ध गराइएको पाण्डेले जानकारी दिए । शिविरमा १ सय ५ जनाको आँखा परीक्षण र ३२ बिरामीको सर्जरी तथा ९८ इन्टरनल मेडिसिन गरिएको पाण्डेले जानकारी दिए ।
प्रधानसेनापति कमाण्ड मार्ग निर्देशनमा उल्लेखित नागरिक र सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त शिविरको बाहिनीपति हेमराज केसीले शुभारम्भ गरेका थिए । मध्यपूर्वी पृतनापति सुरेशकुमार कार्कीले स्वास्थ्य परीक्षण गर्न आएका स्थानीयवासीसँग अन्तरक्रिया गरेको उक्त शिविरबाट उपलब्ध गराइएको गुणस्तरीय सेवाको गाउँपालिका अध्यक्ष रामशरण यादव, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललगायतले खुलेर प्रशंसा गरे ।
जिल्ला अस्पताल सिरहाका २ जना चिकित्सक, जानकी मेडिकल कलेजका ६ जना चिकित्सक, ५ जना नर्स, सगरमाथा आँखा अस्पातलका एक चिकित्सक, स्थानीय एक र गुल्मका विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा पु¥याएका थिए ।
शिविरमार्फत स्थानीयवासीलाई समेत ५ लाख बराबरको औषधि वितरण गरिएको जानकी मेडिकल कलेजका प्रबन्ध निर्देशक श्रीप्रष्र्ट पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया