ताजा समाचार


दुईसाता नपुग्दै पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

द रियल समाचार     २०७७ फाल्गुन १७, सोमबार, २१: ३८ मा प्रकाशित




काठमाण्डौ । दुईसाता नपुग्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले यसअघि गत फागुन ४ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

निगमले सोमबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टीतेल तथा आन्तरिक हवाई इन्धनको मूल्य बढाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । जसअनुसार डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाइको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

हवाई इन्धन बाह्यतर्फको मूल्य पनि एक किलोलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ । नयाँ मूल्य वृद्धिपछि पेट्रोल ११६, डिजेल तथा मट्टीतेल ९९, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर ७२ रुपैयाँ पुर्याइएको छ भने खाना पकाउने ग्यासको मूल्य भने यथावत् रहेको छ ।

अन्तर्राष्ट्रिय बजार कच्चा तेलको मूल्यमा भएको बृद्धिका कारण भारतीय आयल कर्पाेरेसनबाट बढेर मूल्य प्राप्त भएको निगमले जनाएको छ ।

मूल्य समायोजन पछि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ पैसा, डिजेलमा प्रतिलिटर ६.५६ पैसा तथा एलपी ग्याँसमा प्रति सिलिन्डर ३९२.८२ पैसा घाटा रहेको निगमले बताएको छ । अहिले पनि अर्धमासिक रूपमा करिब १ अर्ब ३२ करोड घाटा नै रहने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top