विराटनगर । विराटनगरमा सेनिटाइजर सेवन गरेपछि दुईजनाको मृत्यु भएको छ । सोमबार विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल र झापाको शिवसताक्षी नगरपालिका–४ की ६५ वर्षीया अम्बिका गिरी छन् । विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो ।
मण्डलले पत्नीसँग विवाद भएपछि सेनिटाइजर सेवन गरेको बताइएको छ । गिरीले मदिरा भनेर शनिबार राति सेनिटाइजर सेवन गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया