ताजा समाचार


३ करोड ३० लाखको कपाली तमसुक बनाएर ठगी गरेको आरोपमा दुईजना पक्राउ

द रियल समाचार     २०७७ फाल्गुन १७, सोमबार, १८: २७ मा प्रकाशित




पर्सा । ३ करोड ३० लाखको कपाली तमसुक बनाएर ठगी गरेको आरोपमा पर्साबाट दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर–३० प्रसोतीपुर बस्ने दीपेन्द्र यादव र बाराको विश्रामपुर बरैनिया घर भएका लेखनदास शैलेन्द्र त्रिपाठी रहेका छन् ।

सोही ठाउँ बस्ने ७० वर्षीय मुनि राउत अहिरलाई ललाई फकाई ३ करोड ३० लाख रुपैयाँको कपाली तमसुक बनाई ठगी गरेको भन्दै उनीहरु दुबैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

अवैध कपाली तमसुक बनाउने गिरोह मध्येका अन्य केही व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top