जनकपुरधाम । धनुषामा कुकुरले टोक्दा एक बालिकाको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ दर्जी टोलमा शौच गर्न घर बाहिर निस्केकी १२ वर्षीय बालिकालाई कुकुरले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
मोहम्द अख्तरका १२ वर्षीया छोरी सिवरन खातुन आज विहान करिब एक बजे शौच गर्न निस्केकोमा कुकुरले टोकेपछि घटनास्थलमै उनको मृत्यु भएको प्रवक्ता मिश्रले बताए । मृत्यु भएकी बालिकाको मांसिक अवस्था ठिक नरहेको धनुषा प्रहरीले जनाएको छ ।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरीले जनाएको छ ।
तस्बिर : सांकेतिक
प्रतिक्रिया