ताजा समाचार


राष्ट्रपति भण्डारीद्वारा २३ गते संसद अधिवेशन आह्वान

द रियल समाचार     २०७७ फाल्गुन १७, सोमबार, १३: ०६ मा प्रकाशित




काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि राष्ट्रपति भण्डारीले संसद अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको भन्दै सोहीअनुसार राष्ट्रपतिले २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेको जानकारी दिए ।

राष्ट्रपति कार्यालयबाट संसद अधिवेशन आह्वानसम्बन्धी विज्ञप्ति आजै जारी हुने उनको भनाइ छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएपनि ढिलागरी पत्र पठाइएको छ ।

संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top