ताजा समाचार


दाहाल–नेपाल समूद्वारा स्थायी र केन्द्रिय कमिटीको बैठक बोलाउने निर्णय

द रियल समाचार     २०७७ फाल्गुन १७, सोमबार, १२: ५३ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले स्थायी कमिटी र केन्द्रिय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रिय कमिटी बैठक बोलाउने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले दुबै बैठकको मिति भने नतोकिएको बताए ।

बैठकले पार्टीको आधिकारिकता सम्बन्धी पेश गरिएको दाबीबारे छिटोभन्दा छिटो निर्णय गर्न निर्वाचन आयोगलाई अनुरोध गरेको उनले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएको विषयमा समेत छलफल भएको र त्यसको कुनै अर्थ र औचित्य नरहेको निष्कर्ष निकालिएको प्रवक्ता श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top