ताजा समाचार


आपसी विवादका कारण सिरहामा निर्घात कुटपिटबाट एक युवकको मृत्यु

द रियल समाचार     २०७७ फाल्गुन १७, सोमबार, १२: ४८ मा प्रकाशित




सिरहा । आपसी विवादका कारण सिरहामा निर्घात कुटपिट गर्दा एक युवकको ज्यान गएको छ । सिरहा नगरपालिका–१८ इटारी बस्ने नन्दलाल यादवका २२ वर्षीय छोरा अजितकुमार यादवको मृत्यु भएके हो ।

निर्घात कुटाइबाट शक्त घाइते भएका अजितलाई उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको परिवारजनले जनाएको छ ।
आपसी विवादका कारण इटारीकै सारहु नाता पर्ने मुनेश्वर यादव र अजितबीच गएको फागुन १४ र १५ गते पटकपटक विवाद भएको स्थानीयको भनाइ छ । आपसी विवादका कारण दुई दिनमा तीन चार पटक झगडा भएको स्थानीयले बताए ।

अजितका भाई नविनकुमार यादवले भने, ‘झगडामा मुनेश्वर लगायत उनीसँगै आएका केही व्यक्तिले अजितलाई निर्घात कुटे, कुटाईबाट अजितको शरीरको भित्री भागमा विशेष असर परेको कारण मृत्यु भएको हुनसक्छ ।’ गत फागुन १५ साँझको झगडापछि अजित ब्याकुल भएर लगडी गोठमा रहेको दिदिको घर गयो र सोही राती ३ बजे अजितलाई स्वास लिन अप्ठयारो भएको जानकारी पाएर आफुहरुले अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको उनले बताए ।

पत्नी अल्काकुमारी यादव र अजितबीच सामान्य भनाभन हुँदा अल्का मुनेश्वरको घर पुगेकी थिइन् । अल्कालाई सम्झाई–बुझाई आफ्नो घर ल्याउने प्रयास गर्दा मुनेश्वरले अजितलाई निर्घाट कुटपिट गरेको नविनले बताए । अजितलाई कुटपिट गर्नेहरुको नामसहितको किटानी जाहेरी दिन जाँदा प्रहरीले सो जाहेरी दर्ता नगरी ०७७ फागुन १६ को दिनभर प्रतिक्षा गराएको पीडित परिवारले गुनासो गरेका छन् ।

कुटपिटको कारण मृत्यु भएको जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिए । उनले पोष्टमार्टमको रिपोर्ट र थप अनुन्धान भएपछि मात्र विशेष कुरा बताउन मिल्ने बताए । घटनाबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top