ताजा समाचार


विप्लव नेतृत्वको नेकपाका शुसलिङ्ग पक्राउ

द रियल समाचार     २०७७ फाल्गुन १७, सोमबार, १२: ३८ मा प्रकाशित




जनकपुरधाम । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका महोत्तरी–सर्लाही इन्चार्ज कमल बहादुर शुसलिङ्ग पक्राउ परेका छन् ।

सर्लाहीमा चन्दा आतंक मचाएपछि प्रहरीले खोजि सुचिमा राखेका शुसलिङ्गलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोलीले महोत्तरी, गौशाला नगरपालिका–११ तारेचौरीमा लुकेर बसेको अवस्थामा शुसलिङ्गलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका शुसलिङ्गलाई थप अनुसन्धनका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top