ताजा समाचार


म्यानमार प्रदर्शन: प्रहरीको गोली लागि १८ जना प्रदर्शनकारीको मृत्यु

द रियल समाचार     २०७७ फाल्गुन १६, आईतवार, २२: ०९ मा प्रकाशित




एजेन्सी । म्यानमारमा सैन्य कूको विरोधमा आइतबार सबैभन्दा घातक र अप्रिय दिन सावित भएको छ ।

म्यानमारमा सैन्य कूको विरोधमा प्रदर्शनमा निस्किएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर १८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । यसअघि यही प्रदर्शनमा दुई जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

संयुक्त राष्ट्र मानवाधिकार कार्यालयले यो सैन्यक कूको विरोधमा भएको प्रदर्शनमा सबैभन्दा घातक दिन भएको बताएको छ । म्यानमारका कयौँ सहर रंगुन, दवेई तथा मंडालेमा प्रदर्शनकारीको निधन भएको हो ।

म्यानमारमा १ फ्रेबुअरीमा सेनाले सैन्य कू गरेको थियो । त्यसपछि त्यहाँ दैनिक प्रदर्शन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top