ताजा समाचार


वीरगञ्जस्थित एक सुन पसलबाट २५ किलो भन्दा बढि चाँदीका अवैध गहना बरामद

द रियल समाचार     २०७७ फाल्गुन १६, आईतवार, १७: ४४ मा प्रकाशित




पर्सा । प्रदेश २ को वीरगञ्जस्थित एक सुन पसलबाट २५ किलो १ सय ६० ग्राम चाँदीका अवैध गहनाहरु बरामद गरिएको छ ।

वीरगञ्ज महानगरपालिका–६ स्थित शुभलाभ गहना पसलमा अवैध रुपमा भण्डारण गरी राखिएको उक्त परिमाणको चाँदीको गहनाहरु बरामद गरिएको हो ।

अवैध रुपमा भारतबाट चोरी पैठारी गरी चाँदी तथा चाँदीका गरगहनाहरु ल्याई लुकाएर राखेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले गहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनले पसलमा खान तलासी गर्दा पसलको लकर भित्र राखिएका १३ किलो १०४ ग्राम र पसलभित्रै रहेको अर्को कालो झोलामा १२ किलो ५६ ग्राम गरि कुल २५ किलो १ सय ६० ग्राम चाँदीका गरगहना बरामद गरिएको बताए ।

पसलका सञ्चालक भने फरार रहेको तथा उनको खोजी भइरहेको डीएसपी खनालको भनाइ छ । बरामद गरिएका ति गहनाहरु भने आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बाराको जिम्मा लगाइएको पर्साले प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top