जनकपुरधाम । सामाजिक क्षेत्रमा निरन्तर क्रियाशिल रहँदै आएको जनकपुरधामस्थित दशरथ युवा कमिटीले यसवर्ष पनि महाशिवरात्री पर्व धुमधामका साथ मनाउने भएको छ ।
२०६६ सालदेखि प्रत्येक वर्ष मनाउँदै आएको महाशिवरात्री यसवर्ष पनि भव्यताका साथ मनाइने कमिटीका अध्यक्ष लवकुमार झाले जानकारी दिएका छन् । कमिटीले यसवर्ष पनि तीन दिवसीय महाशिवरात्री पुजनोत्सव आयोजना गर्ने उनले बताए ।
अध्यक्ष झाले फागुन २६, २७ र २८ गते हुने तीन दिवसीय महाशिवरात्री महोत्सव अन्तर्गत बृहत सरसफाइ, कलश यात्रालगायत मेलाको समेत आयोजना गरिने जानकारी दिए ।
महाशिवरात्रीको अवसरमा साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने भएको छ ।
प्रतिक्रिया