ताजा समाचार


महोत्तरीमा ‘प्रथम गौशाला महोत्सव’ आयोजना हुँदै

द रियल समाचार     २०७७ फाल्गुन १६, आईतवार, १३: ५७ मा प्रकाशित




जनकपुरधाम । महोत्तरीको गौशाला उद्योग वाणिज्य संघले ‘प्रथम गौशाला महोत्सव’ को आयोजना गर्न लागेको छ ।

संघले आईतवार एक पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । गौशाला उद्योग वाणिज्य संघको आयोजनामा आगामी चैत ६ देखि १७ गतेसम्म महोत्सव आयोजना हुने उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहले जानकारी दिए ।

कोरोना महामारीले अस्तव्यस्त बनेको व्यापारलाई चलायमान बनाउन उद्देश्यका साथ महोत्सव आयोजना हुन लागेको उनले बताए । गत बर्ष आयोजना गर्ने भनिएको महोत्सव कोरोना संक्रमणका कारण स्थगित भएको थियो ।

तर यसपटक तोकिएकै मितिमा हुने अध्यक्ष साहले दाबी गरे । महोत्सवमा विभिन्न किसिमका स्थानीयस्तरमा उत्पादित सामग्रीलाई स्टल खडा गरी प्रदर्शनीमा राखिने अध्यक्ष साहको भनाइ छ ।

महोत्सवमा एउटा स्टलको १० हजार र स्थानीय व्यवसायीलाई ५ हजार रूपैयाँ मात्र तोकिएको पत्रकार सम्मेलनमा उनले जानकारी दिए । स्थानीय व्यवसायीलाई स्टल शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top