ताजा समाचार


बृहत नागरिक आन्दोलनको अगुवाइमा काठमाण्डौ महानगरपालिका अगाडी धर्ना

द रियल समाचार     २०७७ फाल्गुन १६, आईतवार, १३: ३० मा प्रकाशित




काठमाण्डौ । बृहत नागरिक आन्दोलनको अगुवाइमा काठमाण्डौ महानगरपालिका कार्यालय अगाडि आइतबार धर्ना दिइएको छ ।

उनीहरुले विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै धर्ना दिएका हुन् । धर्नामा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरु पनि सहभागी थिए ।

स्थानीयलाई उठिबास लगाउने गरी सडक विस्तारको विरोध गर्दै आएका उनीहरुले सम्पदा संरक्षणमा समेत जोड दिएका छन् । धर्नामा बसेकाहरुले ‘नागरिकलाई सडक छाप बनाउने कस्तो नीति ? कस्तो सरकार ?’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

बालाजु बाइपास सडक विस्तारको क्रममा उठिबास लगाइएकालाई सोही स्थानमा पुनःस्थापित गर्नसमेत माग गरेका छन् । शुक्रबार उनीहरुले काठमाण्डौको कमलपोखरीमा बनाइएको कंक्रिकटको संरचना भत्काएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top