एजेन्सी । जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोपलाई अमेरिकाले प्रयोगका लागि अनुमति दिएको छ ।
यस कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोपको विशेषता भनेको यो आम मानिसले पनि स्वयं प्रयोग गर्नसक्ने र फ्रिजमा पनि भण्डारण गरेर राख्न सकिन्छ साथै यसलाई एक डोजमात्रै लगाए पुग्छ ।
यो खोपलाई अनुमति दिने अमेरिका विश्वको पहिलो देश हो । यसअघि अमेरिकाले फाइजर र मोडर्ना खोपलाई पनि अनुमति दिइसकेको छ । फाइजर र मोडर्ना खोपलाई भण्डारण गर्न डिप फ्रिज आवश्यक पर्छ भने दुई डोज लगाउनुपर्छ ।
त्यसैले जोन्सन एण्ड जोन्सन कम्पनीको खोप सस्तो हुने अनुमान गरिएको छ । यद्यपि यसको मूल्य सार्वजनिक भएको छैन । कम्पनीले जुन महिनाको अन्तिमतिर अमेरिकामा १० करोड डोज खोप उपलब्ध गराउने जनाएको छ ।
प्रतिक्रिया