काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि हालतमा राजीनामा नदिने बताएका छन् ।
हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिए देशमा अस्थिरता आउने दाबी गर्दै कुनै पनि हालतमा राजीनामा नदिने बताएका हुन् ।
सर्वोच्च अदालतको फैसलापछि राजीनामा माग भइरहँदा प्रधानमन्त्री ओलीले त्यसलाई ठाढै अस्विकार गरेका हुन् । ओलीले आफूलाई हटाएर दाहाल–नेपाल समूहले सरकार गठन गर्न नसक्ने बताए ।
यता,सो समूह भने ओली समूहलाई बाहिर राखेर सरकार गठन गर्न दौडधुप गरिरहेको छ ।
प्रतिक्रिया